नमरि स्वर्ग देखिन्न, भन्दैमा मर्न सकिन
टिपेर सिउरिने पाइन, भनी म झर्न सकिन ।
सुन्दर बाग पिरतिको, छन् प्रेम-पुष्प फुलेका
सुकेर जान्छन कि सबै, म सेंचन गर्न सकिन ।
दुइ किनार भै फाटियो, संयोग कि दैबको खेल
मन्दै छ बहाब तर, म जंघार तर्न सकिन ।
छेउमा गइ चियाउदा, इशारा पाइन कुनै
संकामै जुग जाने भो, म भर पर्न सकिन ।
धाएमा हुने हो खेती, रोपेमा लाग्ने हो फल
भीमको बोट मासिन्छ क्यारे, म सत्बीज छर्न सकिन ।
लिस्बन, २ अगस्त २०१०
No comments:
Post a Comment